बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई एमालेकै कार्यकर्ताले मुक्का हानेका छन् ।
गत स्थानीय निर्वाचनमा सुवेदी एमालेबाट उपमहानगरपालिका प्रमुखमा बिजयी भएका थिए ।
सोमवार पहिरो निरीक्षणका क्रममा गएका सुवेदीलाई ज्योतिनगरका गणेश पंगेनीले मुक्का हानेका हुन् ।
लुम्बिनी बाणिज्य क्याम्पसमा अध्ययनरत पंगेनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटीका सदस्य हुन् ।
पंगेनीले पहिरो निरीक्षणका क्रममा गएका मेयर सुवेदीलाई पछाडिबाट दगुर्दै गएर २/३ मुक्का हानेको भिडियो सामाजिक सञ्जालमा भाइरलसमेत बनेको छ ।