शेयरमा एकैदिन ११४ अंकको पहिरो, यी हुन् धेरै शेयरमूल्य घट्ने कम्पनीहरु-Sutra News

शेयरमा एकैदिन ११४ अंकको पहिरो, यी हुन् धेरै शेयरमूल्य घट्ने कम्पनीहरु

सोमबार, ४ असोज २०७८

सोमबार, ४ असोज २०७८

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन आज सोमबार शेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । आज सोमबार २६९८ अंकमा झरेको सेयर बजार ४ प्रतिशतले गिरावट भएको छ ।



आज कुल ८ अर्ब ४९ करोड रुपैयाँको किनबिच भएको सेयर बजार ११४ अंकले पहिरो गएको छ ।

यो दिन गुडविल फाइनान्स, पोखरा फाइनान्स, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, आँखुखोला जलविद्युत्, घलेम्दी हाइड्रो, माउन्टेन इनर्जी नेपाल, युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको शेयरमूल्य अघिल्लो कारोबारको तुलनामा १० प्रतिशतले घटेको छ । 

सिइडीबी हाइड्रोपावर, जानकी फाइनान्स, खानीखोला हाइड्रोपावर र हिमालयन पावर पार्टनरको शेयरमूल्य रू. ९ दशमलव ९९ प्रतिशतले घटेको हो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट