काठमाडौँ । काठमाडौँमा ‘मिसेस नेपाल वर्ल्ड’ आयोजना हुने भएको छ ।
रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आईरहेको विवाहित महिलाको लागि नेपालको सबैभन्दा ठूलो प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेसनल’ नामक सौन्दर्य प्रतियोगिता यस वर्षदेखी मिसेस नेपाल वर्ल्डको रुपमा आयोजना हुन लागेको हो ।
२०२० मा कोरोनाको महामारीका कारण स्थगित हुन गएको कार्यक्रम यस वर्षदेखि परिमार्जित भई मिसेस नेपाल वर्ल्डको रूपमा आयोजन हुन लागेको रिबन इन्टरटेनमेन्टले जनाएको छ ।
यस वर्ष मिसेस नेपाल वर्ल्डको पहिलो संस्करणको घोषणासंगै यस कार्यक्रमको बिजेताले सन् २०२२ को जनवरीमा लस भेगास, अमेरिकामा आयोजना हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् ।
यसवर्ष देखि रिबनले आयोजना गर्ने कार्यक्रममा एकै मन्चबाट मिसेस नेपाल वर्ल्ड र मिसेस नेपाल इन्टरनेसनलका साथै एम. एस. नेपाल इन्टरनेसनल गरी तीन जना बिजेताहरुको छनोट गर्नेछ । यसैगरी मिसेस इन्टरनेसनल नेपाल तथा एम. एस. नेपाल इन्टरनेसनलका विजेताले नेपाललाई प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा आयोजना हुने मिसेस इन्टरनेसनल तथा एम. एस. इन्टरनेसनलमा सहभागिता जनाउने जनाउन पाउने छन् ।
कार्यक्रम सम्बन्धि बिस्तृत जानकारी तथा कार्यक्रमको तालिका छिट्टै नै पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइने आयोजक संस्था रिबन इन्टरटेनमेन्टले विज्ञप्तिमार्फत जनाएको छ।