आवासीय भवनमा आगलागी हुँदा पाँचको मृत्यु-Sutra News

आवासीय भवनमा आगलागी हुँदा पाँचको मृत्यु

सोमबार, ४ असोज २०७८

सोमबार, ४ असोज २०७८

चीन- चीनमा एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।



केन्द्रीय राजधानी बेइजिङ्मै रहेको एउटा घरमा आगलागी भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

घटनास्थलबाट उद्धारकर्ताहरूले पाँच जनाको शव निकालिएको जनाएका छन् । आगलागी भएको थाहा पाउने वित्तिकै आफूहरू घटनास्थलमा पुगेको उद्धारकर्ताहरूको भनाइ छ ।

विद्युतीय साइकलमा चार्ज गर्नेक्रममा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उद्धारकर्ताहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट