काठमाडौं- देशभर आज मंगलबार केही स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल लुम्बिनी प्रदेशका केही स्थानहरु, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ ।
विभागले बिहान आगामी तीन दिनको मौसम पूर्वाअनुमान बुलेटिन जारी गर्दै दिउँसो देशभर सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
असोज ०५,
आज नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाब सामान्य बढ्ने; कोशी र यसका सहायक नदीहरु तथा कन्काई, कमला,बागमती, पुर्वी राप्तीमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ। pic.twitter.com/WhGYZXqUPw— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) September 21, 2021
राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले प्रक्षेपण गरेको छ ।
हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्युनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा हल्का तल रहेको महाशाखाले जनाएको छ ।