डुम्रे-बेँसीसहर खण्ड अवरुद्ध-Sutra News

डुम्रे-बेँसीसहर खण्ड अवरुद्ध

मंगलबार, ५ असोज २०७८

मंगलबार, ५ असोज २०७८

तनहुँ- तनहुँको डुम्रे-लमजुङ बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । सोमबार राति परेको पानीका कारण भानुनगरपालिका-८ पाँचसय फाँटमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । उक्त स्थानमा असार र साउन महिनामा पटक-पटक पहिरो खस्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो ।



माथिबाट पहिरो र रुख एकैसाथ खस्दा सडक अवरुद्ध भएकाले पन्छाउनका लागि सडक डिभिजन कार्यालयको डोजर र टिपर मगाइएको पुर्कोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षण कबिन्द्र गुरुङले जानकारी दिए ।

बिहानैदेखि पहिरो पन्छाउनका लागि डोजर र टिपर पठाइदिन फोन गरे पनि फोन नउठेकाले ढिलाइ भएको उनले बताए ।

पछिल्लो समय सम्पर्क गर्दा डोजर र टिपर हिँडिसकेको जानकारी पाएकाले केही समयपछि अवरुद्ध सडक खुलाइने उनले जानकारी दिए । सांकेतिक तस्बिर । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट