मुला खानुका फाइदै फाइदा-Sutra News

मुला खानुका फाइदै फाइदा

मंगलबार, ५ असोज २०७८

मंगलबार, ५ असोज २०७८

धेरैले मुलालाई निकै सामान्य तरकारी वा सलादको रूपमा बुझेका हुन्छन् । त्यसैले मुला खाने कुरामा खासै ध्यान दिँदैनन् । मुला हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुने कुरा बुझियो भने सायद मुला हाम्रो अभिन्न अंग बन्नेछ ।



फाइदा

-क्यान्सर जस्ता असाध्य रोगसँग लड्नु असम्भव मानिन्छ । त्यसैले यस्ता रोगबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हो । मुलाको नियमित सेवनले क्यान्सरको जोखिम घटाउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

मुलामा भिटामिन सी हुने हुँदा यसले सरीरका लागि चाहिने एन्टी अक्सिडेन्टको पनि पर्याप्त आपूर्ति गर्दछ जसका कारण कोषका डिएनए नष्ट हुनबाट बचाउँछ ।

-यसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ । मुलामा पर्याप्त पोटासियम तत्व हुने भएकाले यसले सरीरमा सोडियम पोटासियम लवणको सन्तुलन कायम राख्न मद्दत गर्छ ।

-रगतमा ग्लुकोजको मात्रा नियन्त्रित गरी मधुमेहको जोखिम पनि कम गर्छ ।

-वजन नियन्त्रणका साथै मोटोपना घटाउन समेत सहयोग गर्छ । मुलामा निकै कम क्यालोरी र पर्याप्त फाइबर हुन्छ । १ सय ग्रामको मुलामा १६ क्यालोरी मात्र इनर्जी हुन्छ । त्यसैले मुला अघाउँजी खाँदा पनि बढि क्यालोरी भएर मोटोपना बढ्ने जोखिम हुँदैन ।

-दमका रोगीका लागि समेत मुलाको सेवन हितकर हुन्छ । मुलाको सेवनले स्वासनलीमा हुने एलर्जीको समस्या समेत क मगर्ने बताइन्छ ।

-मुलाको नियमित सेवनले छालामा हुने विभिन्न खाले संक्रमणको जोखिम घटाउनुका साथै अनुहार र छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।

-मुलामा प्रसस्त फाइबर हुने भएकाले यसले पाचन प्रक्रियालाई नियमति गर्ने तथा कब्जियतको समस्या कम गर्छ ।

-दाँतलाई स्वस्थ र चम्किलो बनाउन पनि मुलाको सेवन उपयोगी हुन्छ ।

-मुलामा प्रसस्त मात्रामा पानी हुने भएकाले यसको सेवनले सरीरमा पानीको आपूर्ति पर्याप्त बनाएर मृगौलाजन्य रोगको जोखिम पनि घटाउँछ ।

-गिजाबाट रगत आउने समस्या भएकाहरुका लागि मुलाको सेवन निकै फाइदाजनक हुन्छ । मुलाको रस सेवन गर्ने र मुलाकै रसले मुख कुल्ला गर्ने गर्नाले जिवाणुहरु नष्ट गर्न सहयोग गर्छ । जसले मुख गन्हाउने तथा गिजामा संक्रमण भै रगत बग्ने समस्या समेत कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट