स्वस्थ्य जीवनशैली अपनाउन के गर्ने, के नगर्ने ?-Sutra News

स्वस्थ्य जीवनशैली अपनाउन के गर्ने, के नगर्ने ?

मंगलबार, ५ असोज २०७८

मंगलबार, ५ असोज २०७८

शरीरमा प्रतिरोधात्मक क्षमता बलियो भयो भने विभिन्न रोगसँग लड्न सक्छौँ । प्रतिरोधी प्रणालीले विभिन्न रोग तथा ब्याक्टेरियाविरुद्ध लड्न मद्दत गर्छ ।



हामीले आफू स्वस्थ्य रहन रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक छ । यसका लागि स्वस्थ्य खानपान मात्र होइन, स्वस्थ्य जीवनशैली अपनाउन पनि उत्तिकै आवश्यक छ ।

रोग प्रतिरोधात्मक क्षमता उमेरअनुसार फरक पनि पर्छ । शरीर बूढो हुँदै गएपछि अलि कमजोर हुँदै जाने हुन्छ । तर उचित खानपान, व्यायाम, पर्याप्त निद्रा, सकारात्मक सोच तथा आत्मबलले पनि यो क्षमता कायम राख्न सहयोग पुऱ्याउँछ ।

रोगले जनसुकै उमेरकालाई पनि समात्न सक्छ । तर जोसँग रोग प्रतिरोधात्मक क्षमता बलियो छ, अरु रोगबाट ग्रसित छैन भने उनीहरुलाई रोगले त्यति च्याप्न सक्दैन । मधुमेह, थाइराइड, दमका रोगीले आफ्नो खानपान तथा जीवनशैलीमा ध्यान दिनुपर्छ ।

स्वास्थ्य जीवनशैली अपनाएको खण्डमा तपाईंले प्राकृतिक रुपमै आफ्नो रोग प्रतिरोधात्मक क्षमता बलियो तथा स्वस्थ्य बनाउन सक्नुहुन्छ । 

-धूमपान नगर्ने ।

-नियमित व्यायाम गर्ने ।

-आहारविहारमा तरकारी तथा फलफूलको मात्रा बढाउने ।

-तौल सन्तुलनमा राख्ने ।

-मद्यपान नगर्ने, गरे पनि एकदम थोरै मात्रामा गर्ने ।

-पर्याप्त निद्रा तथा आराम गर्ने ।

-सकारात्मक सोच्ने ।

-तनाव नलिने ।

-संक्रमण हुन नदिन साबुन पानीले हात धुने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट