काठमाडौँ । विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर रिटमाथि आज सुनुवाइ हुने भएको छ ।
प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई हटाइएको भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथि सुनुवाइ हुनलागेको हो ।
रिटउपर सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराको इजलासमा पेशी तोकिएको छ ।
सरकारले गैरकानुनी रूपमा घिसिङलाई नियुक्त गरेर एउटै पदमा दुई व्यक्ति कायम गरेको शाक्यले रिटमा दाबी गरेका छन्।
महत्वपूर्ण पद भएका कारण अदालतले कस्तो फैसला सुनाउला भन्ने कुराले यतिबेला सबैको ध्यान तानिरहेको छ । केही पूर्वन्यायाधीशहरुले अदालतले कुलामानको पक्षमा फैसला सुनाउने तर्क राखेका छन् । तर केहीले भने उनको नियुक्ति अवैधानिक भएको मान्दै आएका छन् ।