अफगानिस्तानमा बेरोजगारी बढे-Sutra News

अफगानिस्तानमा बेरोजगारी बढे

मंगलबार, ५ असोज २०७८

मंगलबार, ५ असोज २०७८

काबुल- अफगानिस्तानमा बेरोजगारहरुको सङ्ख्यामा अत्यधिक वृद्धि भएको पाइएको छ । तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेर शासन सञ्चालन गर्न थालेपछि बेरोजगारहरुको सङ्ख्यामा वृद्धि भएको हो ।



त्यसैगरी रोजगारी भएकाहरुले पनि लामो समयदेखि मासिक तलब तथा अन्य सेवा सुविधाहरु नपाएको गुनासो गरेका छन् । अफ्गान सेनामा कार्यरत अक्रामुद्धीनले पछिल्लो सात महिनादेखि आफूले नियमित तलब नपाएको बताए । तालिबान विद्रोहीहरुले सत्ता कब्जा गर्नु अगाडीदेखि नै देशको ढुकुटीमा आर्थिक संकट परेकाले सेनाका कर्मचारीलाई समेत तलब पनि खुवाउन नसक्ने अवस्था आएको जनाइएको छ ।

तलब नपाउदाँ दैनिकी चलाउन नै समस्या पर्न थालेको अक्रामुद्धिनले जानकारी दिए । उनले भने, ‘तलब पाइएको छैन, म भाडाको घरमा बस्छु, पाँच हजार भाडा तिर्नुपर्छ, दुई हजार विजुलीको तिर्नुपर्छ, तर आम्दानी १० रुपैयाँ पनि छैन ।’

शिक्षण पेशामा आवद्ध मोहम्मद नासिरले नौ जना सदस्य रहेको आफ्नो परिवार चलाउन धेरै गाह्रो भइसकेको गुनासो गरे । आम्दानी नभएकाले उपभोग्य सामग्रीहरु किन्न नसकिरहेका बेला सामानको मुख्य पनि वृद्धि भएको उपभोक्ताहरुले बताएका छन् । उनीहरले महंगी, बेरोजगारी, आर्थिक संकट तथा अभावका बारेमा चासो राख्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट