सरकारले शिक्षकलाई अपमान गर्योः केपी ओली-Sutra News

सरकारले शिक्षकलाई अपमान गर्योः केपी ओली

मंगलबार, ५ असोज २०७८

मंगलबार, ५ असोज २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संविधान र लोकतन्त्रमाथि खतरा उत्पन्न भएमा विद्यार्थी सङ्गठनले जनतालाई सचेत गराउँदै सशक्त प्रतिवाद गर्नुपर्ने बताएका छन् ।



पार्टीनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ केन्द्रीय कमिटीका पदाधिकारीको शपथग्रहण तथा कार्यकर्ता भेला कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले देश र जनताको हितका लागि विद्यार्थीले निरन्तर आवाज उठाउनुपर्ने जनाए ।

‘तपाईंहरुबाट जनताले समृद्धि र न्यायका लागि गरेका अपेक्षा सचेतनापूर्वक पूरा गर्नुहोस् । तपाईंहरु असाधारण सचेत जगत् हो । आफ्नो कर्ममा सक्रियतापूर्वक लाग्नुहोला’, पूर्वप्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुका हरेक विचारले अरुलाई प्रेरित र प्रज्वलित गर्न सकोस् । नयाँ नेतृत्वलाई मेरो शुभकामना छ ।’

उनले एमाले विधि र लोकतन्त्रको रक्षार्थ निडरताका साथ अघि बढ्ने उल्लेख गर्दै त्यसका लागि कानूनी र अन्य लडाइँ लड्न तयार रहेको बताए ।

अध्यक्ष ओलीले सरकारले केही उद्यमीलाई फाइदा पुग्ने गरी बजेट ल्याएको र कर्मचारी तथा शिक्षकलाई पूर्वाग्रहपूर्वक व्यवहार गरेर अपमान गरेको आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट