काठमाडाैं- सरकारले राजनीतिक नियुक्तिमार्फत् राजदूत बनेका सबैलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
मंगलबार सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले मन्त्रिपरिषद्को निर्णय सञ्चारकर्मीलाई सुनाएका हुन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राजनीतिक नियुक्तिमार्फत् राजदूत बनेकाहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको हो ।
‘राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको छ,’ मन्त्री कार्कीले भने ।