दिनेशको स्वरमा नयाँ गीत ‘चरी’ [भिडियो]-Sutra News

दिनेशको स्वरमा नयाँ गीत ‘चरी’ [भिडियो]

मंगलबार, ५ असोज २०७८

मंगलबार, ५ असोज २०७८

काठमाडौं- गायक दिनेश गौतमको स्वरमा रहेको ‘चरी’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतमा प्रकाश सापकोटाको शब्द रचना र पुस्तक प्रसादले संगीत भरेका छन् । उदयराज पौडेल गीतका एरेञ्जर हुन् ।



‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलले निर्देशन गरेको भिडियोमा गायक गौतम फिचर छन् । ‘द भ्वाइस अफ नेपाल’ को स्टूडियोमा खिचिएको गीत निकै कलात्मक छ । गीतको अडियो र बलियो पक्ष बलियो छ ।

गोल्डेन हार्ट पिक्चरले निर्माण गरेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सोहन मानन्धरको सम्पादन रहेको छ ।

गायक गौतमले गीतको भावअनुसार भिडियो बनेकोमा खुसी व्यक्त गरे । गीतको शब्द सुन्दा नै आफू उत्साहित भएको बताउँदै उनले दर्शकलार्ई पनि गीत मन पर्नेमा विश्वस्त रहेको बताए ।

कार्यक्रममा संगीतकार सुरेश अधिकारी र कवि तथा गीतकार श्रवण मुकारुङले गीतको अडियो र भिडियो पक्षको प्रशंसा गरे ।

गीतका शब्दमा हरेक नेपालीले कथा भेट्ने कवि मुकारुङको भनाइ छ । संगीतकार अधिकारीले पनि नेपालमा यसप्रकारको भिडियो बन्न थालेकोमा खुसी व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट