काठमाडौं- अघिल्लो सरकारका पालामा राजनीतिक आधारमा नियुक्त भएका राजदूतहरूलाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयका ‘क्याडेर’ बाहेक राजनीतिक आधारमा नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
राजदूतहरू
चीन – महेन्द्रबहादुर पाण्डे
भारत – निलाम्बर आचार्य
बंगलादेश – वंशीधर मिश्र
इजरायल – अञ्जान शाक्य
ओमान – शर्मिला पराजुली ढकाल
जापान – प्रतिभा राणा
कतार – नारदनाथ भारद्वाज
मलेसिया – उदयराज पाण्डे
दक्षिण अफ्रिका – निर्मलकुमार विश्वकर्मा
बेलायत – लोकदर्शन रेग्मी
स्पेन – दाबा फुटी शेर्पा
अमेरिका – युवराज खतिवडा