बेलायतबाट पारुले ल्याइन ‘यो माया होइन ?’ [भिडियो]-Sutra News

बेलायतबाट पारुले ल्याइन ‘यो माया होइन ?’ [भिडियो]

मंगलबार, ५ असोज २०७८

मंगलबार, ५ असोज २०७८

काठमाडौं- करिब एक दशकदेखि बेलायतलाई कर्मथलो बनाएकी गायिका पारु राई र मनोज थापा मगरको युगल स्वरमा रहेको गीत ‘यो माया होइन ?’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।



त्रिकोणात्मक प्रेमकथामा आधारित यस गीतमा पारु राईको नै शब्द रहेको छ भने गायक मनोज थापा मगरले नै गीतलाई संगीतबद्ध र संगीत संयोजन गरेका हुन् ।

बेलायतका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यस भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारु राई फिचर्ड छन् । विशेष भूमिकामा दिलिप राईको समेत अभिनय देख्न सकिन्छ ।

पारु राई र सुर्य मोक्तान तामाङ सहायक निर्देशक रहेको भिडियोलाई कुशल श्रेष्ठको छायांकन र निर्देशनमा तयार पारिएको हो ।

गायक थापा मगरको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट