काठमाडौं- सत्ता गठबन्धनले नेपाली कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सर्वसम्मत निर्णय गरेको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार साँझ बसेको बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको हो ।
संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व, कोभिड खोपमा कुटनीतिक पहल गर्न आवश्यक भएकाले खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।
ती नेताका अनुसार खड्काले भोलि सपथ लिने छन् ।