सभापति देउवाले बोलाए पदाधिकारी बैठक-Sutra News

सभापति देउवाले बोलाए पदाधिकारी बैठक

मंगलबार, ५ असोज २०७८

मंगलबार, ५ असोज २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् ।



प्रधानमन्त्रीसमेत रहेका देउवाले बुधबार दिउँसो तीन बजे आफ्नो निजी निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

पदाधिकारी बैठक मन्त्री छनोटका लागि बोलाइएको एक नेताले जानकारी दिएका हुन् ।

मंगलबार साँझ बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने प्रस्ताव राखेका थिए ।

गठबन्धनको बैठकमा खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भएपछि देउवाले पदाधिकारी बैठक बोलाएको बुझिएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट