काठमाडौं- देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा अहिले भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ ।
यस्तै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतिर रहेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
असोज ०६,
आज कोशी, नारायणी र यिनका सहायक नदीहरू तथा कन्काई, बागमती, पूर्वी राप्ती, पश्चिम राप्तीमा बहाव सामान्य बढ्ने; महाकाली, कर्णाली र यिनका सहायक नदीहरू तथा कमला, तिनाउ, बबईमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ। pic.twitter.com/3B2DF5iisA— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) September 22, 2021
बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र अन्य प्रदेशहरूका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।