५.८ म्याग्नेच्युड भूकम्पको धक्का महसुस-Sutra News

५.८ म्याग्नेच्युड भूकम्पको धक्का महसुस

बुधबार, ६ असोज २०७८

बुधबार, ६ असोज २०७८

काठमाडौं- अष्ट्रेलियाको मेलवर्नसहित दक्षिणपूर्वी क्षेत्रमा भूकम्प गएको छ । ५.८ म्याग्नेच्युडको भूकम्प गएको अष्ट्रेलयन सञ्चारमाध्यमले जनाएका छन् ।



भूकम्पको धक्का सिड्नी, क्यानबेरा र तास्मेनियासम्म महशुस गरिएको थियो । भूकम्पको केन्द्रबिन्दु भिक्टोरियाको म्यान्सफिल्डमा रहेको बताइएको छ ।

त्यसको केही बेरमा सोही ठाउँमा केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युडको पराकम्पन गएको थियो ।

भूकम्पका कारण भौतिक सम्पत्तिमा केही क्षति पुगेका खबर आए पनि मानवीय क्षति भने हालसम्म नआएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट