sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

प्याब्सन काठमाडौं महानगरपालिकाको अधिवेशन असोज ९ गते

प्याब्सन काठमाडौं महानगरपालिकाको अधिवेशन असोज ९ गते

images

सुत्र न्यूज

६ आश्विन २०७८
  • 132
    SHARES
  • images

    काठमाडौं- निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौं महानगरपालिकाको अधिवेशन यही असोज ९ गते हुने भएको छ । महानगरपालिकाभित्रका निजी विद्यालयको छाता सङ्गठनका रूपमा रहेको ‘प्याब्सन मेट्रो’को दोस्रो अधिवेशन आगामी शनिबार काठमाडौं ब्याङक्वेट थापागाउँ बानेश्वरमा हुन लागेको हो ।

    images

    प्याब्सन प्रचारप्रसार प्रमुख एवं महर्षी स्कुल सामाखुशीका प्राचार्य निर्मल पौडेलले दुईवर्षे कार्यकालका लागि शनिबार दोस्रो अधिवेशन हुन लागेको जानकारी दिए । यसभन्दा पहिले २०७५ मङ्सिरमा पहिलो अधिवेशन सम्पन्न भएको थियो । दुईवर्षे कार्यकाल रहने उक्त अधिवेशनमा महानगरपालिकाभित्रका ३५० विद्यालयको सहभागिता रहने प्याब्सन महानगरपालिकाका अध्यक्ष मुरारीप्रकाश सञ्जेलले जानकारी दिए ।

    प्याब्सनले महानगरपालिकाभित्रका ३२ वडामा रहेका निजी विद्यालयमा विद्यालय सञ्चालनमा परेका समस्या र शैक्षिक क्षेत्रको गुणस्तरका बारेमा छलफल चलाउँदै आएको छ ।  


    प्रकाशित :आश्विन ६, २०७८ बुधवार - ११:५३:०५

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.