परराष्ट्रमन्त्री खड्काद्वारा शपथ-Sutra News

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ

बुधबार, ६ असोज २०७८

बुधबार, ६ असोज २०७८

काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छिन् ।



राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले शपथ लिएका हुन् ।

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना उपस्थित थिए ।

मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट