काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा काण्डमा आफू दोषी नरहेको जिकिर गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर गच्छदारले यस्ते प्रतिक्रिया दिएका हुन् ।
उनले सो काण्डमा आफ्नो प्रत्यक्ष हात नरहेको तर तत्कालीन प्रधानमन्त्री माधव नेपालको निर्देशन पालना गरेको प्रतिक्रिया दिएका छन् । गच्छदारले मन्त्रिपरिषद्ले गरेको सामूहिक निर्णयमा राजनीतिक पूर्वाग्रहले आफूलाईमात्र फसाउन खोजिएको दाबी गरेका छन् । उनले राजनीतिक पूर्वाग्रहकै कारण केही व्यक्तिलाई उन्मुक्ति दिइएको आरोपसमेत लगाएका छन् ।
‘म भौतिकमन्त्री हुनुपहिले नै प्रधानमन्त्री निवास विस्तार गर्ने योजना म सुरू भएको थियो । तत्कालीन प्रधानमन्त्री माधव नेपालको निर्देशन प्रक्रियागत रूसमा मकहाँ आएपछि कार्यान्वयन गरेको हुँ,’ गच्छदारले भने, मन्त्रिपरिषद्को सामूहिक निर्णयको विषयमा सम्बन्धित मन्त्रीले मन्त्रिपरिषद्मा फाइल लगेकै भरमा मुद्दा चलाइनु गलत छ । मलाई मुद्दा लगायर कसैकसैलाई चोख्याउने काम भएको छ ।’
सरकारको गुरुयोजना कार्यान्वयन गर्ने क्रममा आफूले विभागीय मन्त्रीको जिम्मेवारी र भूमिकामात्र निर्वाह गरेको उनको स्पष्टोक्ति छ ।