कार्यभार सम्हाल्दै परराष्ट्रमन्त्रीले के भने ?-Sutra News

कार्यभार सम्हाल्दै परराष्ट्रमन्त्रीले के भने ?

बुधबार, ६ असोज २०७८

बुधबार, ६ असोज २०७८

काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले सन्तुलित विदेश नीति अपनाउँदै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा राष्ट्रिय सहमति जुटाउने बताएका छन् । बुधबार परराष्ट्र मन्त्रालय सिंहदरबारमा मन्त्री पदको कार्यभार सम्हाल्दै खड्काले यस्तो बताएका हुन् ।



उनले राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सर्वसाधारण र उच्चपदस्थ कर्मचारी सबैको सहमतिमा मुलुकको परराष्ट्र नीति अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका मन्त्री खड्का बुधबार राति संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने तयारीमा छन् ।

राष्ट्रसंघीय महासभामा भाग लिन मन्त्री खड्कासहितको नेपाली डेलिगेसन टोली राति ८:३० मा न्यूयोर्कतर्फ प्रस्थान गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट