फिल्मका लागि के-के गर्छिन् रेखा ?-Sutra News

फिल्मका लागि के-के गर्छिन् रेखा ?

बुधबार, ६ असोज २०७८

बुधबार, ६ असोज २०७८

काठमाडौं- अभिनेत्री, निर्मात्री रेखा थापाले नयाँ फिल्म ‘काली-२’ निर्माण गर्दै थिइन् । जसअनुरुप ०७७ वैशाख पहिलो साता सुटिङ थाल्ने योजना उनको थियो । तर,अपशोच, कोभिड–१९ का कारण ११ चैत ०७६ देखि देशव्यापी लकडाउन भयो । जसले गर्दा रेखाले सो फिल्मको सुटिङ अहिलेसम्म सुरु गर्न सकेकी छैनन् ।



रेखाले ‘काली-२’ का लागि कडा अभ्यास गरी करिब १५ किलो तौल घटाएकी थिइन् । ‘कथाको मागअनुसार मैले वजन घटाएकी हुँ,’ रेखाको भनाइ छ, ‘अहिले नियमित अभ्यास गर्न नपाए पनि तौल बढ्न भने दिएकी छैन ।’ अब उनको फिल्म कहिले ‘फ्लोर’ मा जान्छ ? त्यो भने रेखा स्वयंलाई थाहा छैन ।

‘बिस्तारै जनजीवन सामान्य बन्दै गइरहेको छ । तर, अहिले नै सुटिङ सुरु गरिहाल्ने स्थिति मैले देखेकी छैन,’ उनी भन्छिन्, ‘अहिले फिल्म बनाएर मात्र के गर्नु, फिल्म चल्ने माहौल पनि त बन्नु पर्यो नि ।’ उनी आफू ‘पर्ख र हेर’को स्थितिमा रहेको बताउँछिन् ।

सबिर श्रेष्ठको निर्देशनमा बन्ने फिल्मको खास नाम ‘काली-२’ नहुन पनि सक्ने रेखाले बताएकी छिन् । फिल्ममा रेखा स्वयं प्रमुख भूमिका रहने छिन् भने उनले अन्य भूमिकामा नवकलाकारलाई मौका दिने तयारी गरेकी छिन् । ‘म्युजिक भिडियोमा चल्तीमा रहेका कलाकार रहने छन्,’ नाम उल्लेख नगरी उनले भनिन्, ‘स्क्रिप्टको माग नै त्यस्तै छ ।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट