सकियो सत्तारुढ गठबन्धनको बैठक, कुनै निर्णय भएन-Sutra News

सकियो सत्तारुढ गठबन्धनको बैठक, कुनै निर्णय भएन

बुधबार, ६ असोज २०७८

बुधबार, ६ असोज २०७८

काठमाडौं- मन्त्रिमण्डल विस्तारका विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक निष्कर्ष बिनै सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश र मन्त्रिपरिषद विस्तारबारे छलफल गरेको थियो । तर, बैठकले कुनै सहमति जुटाउन नसकेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।



बैठकमा संसद्‌मा बजेट पारित गर्ने प्रक्रियालाई अगाडि बढाउने र चाडो मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल भएको थियो । बैठकमा उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने अडान राखेका थिए । यादवको अडानकाबीच बैठकमा कुनै सहमति जुट्न नसकेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, माओवादीका नेता नारायणकाजी श्रेष्ठ र कानुनमन्त्री ज्ञानेन्द्र कार्की सहभागी थिए । फाइल तस्बिर । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट