काठमाडौं- रोमान्चक खेलसँगै इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सिजनको पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा स्पेजियालाई ३-२ गोल अन्तरले पराजित गर्दै पाउलो डिबलाको कप्तानीमा रहेको युभेन्ट्सले पहिलो जित निकालेको हो ।
युभेन्ट्सको जितमा मोइस किन, फेडेरिको किएसा र म्याथिस डी लिग्टले १-१ गोल गरे । स्पेजियाका इम्यानुएल ग्यासी र जेनिस एन्टिस्टेले १-१ गोल गरे । युभेन्ट्सका लागि किनले २८, फेडेरिकोले ६६ र लिग्टले ७२ मिनेटमा गोल गरे । यस्तै पराजित स्पेजियाको लागि ग्यासीले ३३ र जेनिसले ४९ मिनेटमा दोस्रो गोल गरे ।
जितसँगै युभेन्ट्सले ५ खेलमा ५ अंक सहित १२औँ स्थानमा छ । पराजित स्पेजिया ४ अंक जोडेर १६औँ स्थानमा छ । बुधबार राति नै भएको अर्को खेलमा एसी मिलानले भेनेजियालाई २-० गोल अन्तरले पराजित गरेको छ ।
लिगमा अपराजित यात्रा कायम गर्ने क्रममा मिलानको लागि ब्रहिम डिआजले खेलको ६८ र थियो हर्नाण्डेजले ८७ मिनेटमा गोल गरे । जितसँगै ६ खेलबाट पाँच जित र एक बराबर गरेको एसी मिलान १३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । अर्को खेलमा एम्पोलीले कागलियरीलाई २-० गोल अन्तरले पराजित गरेको छ ।