सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रालयको टुंगो लगाइने-Sutra News

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रालयको टुंगो लगाइने

बिहिबार, ७ असोज २०७८

बिहिबार, ७ असोज २०७८

काठमाडौं- सत्तारुढ गठबन्धन दलको बैठक मन्त्रीको भागबण्डा मिलाउन आज बिहीबार बस्दैछ ।



बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धन दलबीच मन्त्रीको भागबण्डामा कुरा नमिलेपछि आज बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

कुन दलले कति मन्त्रालय पाउने भन्नेमा टुंगो अझै लागेको छैन । सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।

गत २९ असारमा नियुक्त भएका प्रधानमन्त्री बहादुर देउवाको मन्त्रिपरिषद्‌मा कांग्रेसबाट चार जना र माओवादी केन्द्रबाट दुई जना मन्त्री मात्र सहभागी छन् ।

यसअघि पनि गठबन्धन दलको बैठक पटक-पटक बसे पनि दलबीच मन्त्रालयको बाँडफाँट हुन सकेको छैन । गठबन्धन दलले आज मन्त्रालयको टुंगो लगाई भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट