काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा महासचिवको टुंगो लागेको छ । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा डा.बेदुराम भुसाललाई महासचिव बनाउने भन्ने सहमति भएको हो ।
भुसाललाई अब बस्ने केन्द्रीय समितिको बैठकमा महासचिवको घोषणा गरिने भएको छ ।
महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गरेका थिए ।
नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे,धर्मनाथ साह,जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् ।