नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कुनै गुट नभएर पार्टी नै भएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेपालले यस्तो बताएका छन् ।
उनले आफ्नो पार्टीलाई मजबुत बनाएर अगाडी लैजान आफूहरुले सक्दो प्रयास गर्ने बताए । उनले विभिन्न प्रशिक्षणहरु पनि छिट्टै नै संचालन गर्ने बताए ।
उनले आफ्नो पार्टीका कार्यकर्ताहरु नियमित स्कुल जानुपर्ने नियमित परिक्षा दिनुपर्ने पास हुनुपर्ने र आफूलाई एक सक्षम कार्यकर्ताहरुको रुपमा चिनाउनु पर्ने बताए ।
त्यस्तै उनले आफ्नो मुख्य प्रतिद्वन्दी नेकपा एमाले भएको बताएका छन् । उनले जति नै जे गरेपनि आफ्नो पार्टी अरु पार्टीमा प्रलय नहुने बताए ।