काठमाडौँ । राष्ट्रियसभा सदस्य कोमल वलीले सभामुखको राजीनामा माग गरेकी छन् । प्रतिनिधि सभाको कमजोरीका कारण धेरै नकारात्मक प्रतिक्रिया उत्पन्न हुने करालाई उल्लेख गर्दै उनले सभामुखको सभामुखको मागेकी हुन् ।
सभामुखले आफ्नो कुर्सीको महत्व नबुझ्दा विभिन्न समस्याहरु उत्पन्न भएको उनको तर्क छ । बैठकमा सांसद वलीले भनिन्, ‘कुनै पनि व्यक्तिलाई चिनी रोग भयो भने, र त्यसलाई समयमै नियन्त्रण गरिएन भने त्यसका कारण धेरै रोगहरू उत्पन्न हुन्छन्, धेरै रोगहरू जन्मन्छन् ।’
उनले सभामुखले प्रतिनिधिसभालाई दिनानुदिन कमजोर बनाउंदै लागेको आरोपसमेत लगाएकी छन् । ‘प्रतिनिधिसभालाई सभामुख ज्यूले बिरामी बनाउनुभएको छ, सभामुख ज्यूकै कारणले यो रोग बढ्दै गयो भने सिटामोलले पुग्दैन अप्रेशननै गर्नुपर्छ ।’ उनले भनिन् ।