एमालेको अवरोधकाबीच आर्थिक विधेयक २०७८ प्रतिनिधिसभाबाट पारित-Sutra News

एमालेको अवरोधकाबीच आर्थिक विधेयक २०७८ प्रतिनिधिसभाबाट पारित

बिहिबार, ७ असोज २०७८

बिहिबार, ७ असोज २०७८

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच आर्थिक विधेयक २०७८ प्रतिनिधिसभाबाट पारित भएको छ ।



असोज ४ गते पेस गरिएको आर्थिक विधेयक २०७८ बहुमतले पारित भएको हो । आर्थिक विधेयकको दफा २ देखि ४५ र सम्बन्धी अनुसूची १ देखि ४ सम्म विधेयकको अंग बनोस भनी सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

नेकपा एमालेले पटकपटक संसद बैठक अवरुद्ध पार्दै आइरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति प्रश्न उठाउँदै नेकपा एमालेले संसद बैठक अवरुद्ध पारेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट