sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

त्यो 'टोपबहादुर' र 'बादल'को नाम सुन्दा मलाई एलर्जी हुन्छ- प्रचण्ड

त्यो 'टोपबहादुर' र 'बादल'को नाम सुन्दा मलाई एलर्जी हुन्छ- प्रचण्ड

images

सूत्र न्यूज

७ आश्विन २०७८
  • 971
    SHARES
  • त्यो 'टोपबहादुर' र 'बादल'को नाम सुन्दा मलाई एलर्जी हुन्छ- प्रचण्ड
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले प्रवेश गरेका दुई नेताहरु रामबहादुर थापा 'बादल' र टोपबहादुर रायमाझीलाई भगौडाको संज्ञा दिएका छन् ।

    images

    बिहीबार वाईसीएलको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले टोपबहादुर रायमाझीलाई र बादललाई पटकपटक मन्त्री बनाएको तर उनीहरुले आफ्नो पार्टीलाई धोका दिइराखेको उल्लेख गरे ।

    'त्यो टोपबहादुर भन्नेलाई मैले कतिचोटी मन्त्री बनाएँ, अहिले कहाँ हेर्नुस् त । त्यो बादल अब मेरो हिजोको साथी, बढी त भन्दिनँ। सम्झिँदा पनि एलर्जी हुन्छ । ' उनले भने ।

    त्यस्तै नेकपा पार्टी फुटाउन केपी शर्मा ओलीले ठुलै रोल खेलेको उनको दाबी छ ।

     “पार्टी एकता इमानदारीपूर्वक अघि बढाएको भए महान् नेता हुने बाटो आफ्नै बुद्धिले केपीले भाँडेको हो । विदेशी षड्यन्त्रसामु आत्मसमर्पण गरेर पार्टीलाई विसर्जन गरेको छ ।' उनले भने, ' दुई पार्टी एक भएपछि उनलाई नेपालको महान् नेता बन्ने अवसर थियो, तर गिदीमा गोबर भरिएपछि के गर्ने ?'


    प्रकाशित :आश्विन ७, २०७८ बिहिवार - १५:३०:०७

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.