व्यापारी मृत्यु प्रकरणः पाँचजना नियन्त्रणमा, प्रहरीले खुलाउन मानेनन् नाम-Sutra News

व्यापारी मृत्यु प्रकरणः पाँचजना नियन्त्रणमा, प्रहरीले खुलाउन मानेनन् नाम

बिहिबार, ७ असोज २०७८

बिहिबार, ७ असोज २०७८

बैतडीमा व्यापारीको हत्या आशङ्कामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ ।  सुर्नया गाउँपालिका– ४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा आज बिहान मृत फेला परेका थिए ।



उनकोे टाउको, छाती र शरीरका अन्य भागमा चोट देखिएको  र अनुसन्धानका क्रममा हत्यामा  सम्लग्न भएकोे आशङ्कामा पाँचै जनालाई नियन्त्रणमा लिइएको  प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

उनले नियन्त्रणमा लिइएका सबै स्थानीयवासी भएको   र  अनुसन्धान चलिरहेकोले उनीहरूको नाम खुलाउन नमिल्ने बताए ।

 महरालाई  सन्सेरीमाडौँकै एक पसल अगाडि मृत अवस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका लागि पाटन इलाका प्रहरी कार्यालयका प्रमुख राजेश शाही नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट