रक्सी धेरै पिएपछि ‘ह्याङओभर’ किन हुन्छ ?-Sutra News

रक्सी धेरै पिएपछि ‘ह्याङओभर’ किन हुन्छ ?

बिहिबार, ७ असोज २०७८

बिहिबार, ७ असोज २०७८

रक्सीका गिलासहरू एक अर्कासँग ठोक्किँदैछन्। कुनै आफन्तसँग त कुनै साथीहरूसँग। अलिकति धेरै नै पिइँदैछ। तर नतिजा – रातिको पार्टी सकिएपछि टाउको भारी हुन थाल्छ, बान्ता र रिँगटा लाग्न थाल्छ। थकाइ अनुभव हुन्छ।



मानिसहरू यसलाई धेरै पिएपछि भएको ‘ह्याङओभर’ हो भन्छन्। हिलसा माछाको अचार खानु, अण्डा खानु वा ओएस्टर खानु, ह्याङओभर हट्छ भन्छन्।

अधिक रक्सी पिएपछि प्राय: मानिसहरू ह्याङओभर भएको बताउँछन्। फेरि जो साथीले अघिल्लो दिन धेरै पिउन बल गरेको थियो उसैले भोलिपल्ट ह्याङओभर हटाउने उपायहरू पनि बताइरहेको हुन्छ। तर कुन उपायले तपाईँलाई ताजा बनाउला? त्यस्तो कुनै उपाय छ कि छैन?

यो हजारौँ वर्ष पुरानो चुनौती हो

ह्याङओभरबाट कसरी छुटकारा पाउने भन्ने समस्या आजको होइन। इजिप्टमा भेटिएको १९०० वर्ष पुरानो एउटा भोजपत्रमा यसबाट मुक्ति पाउने उपाय लेखिएको थियो।

अर्थात् उसबेला पनि मानिसहरू रक्सी धेरै पिएपछि त्यसले निम्तिने समस्याबाट हैरान थिए र त्यसको समाधान खोजिरहेका थिए। त्यो भोजपत्रमा जुन उपायहरू सुझाइएको थियो, त्यो आजको दिनमा व्यवहारमा लागु गर्न कठिन छ।

तर आज पनि ह्याङओभर हटाउने अनेकौँ उपायहरू बताइन्छ। जस्तै क्यानरी भनिने चराको भुटेको मासु खानु, काँचो अण्डा खानु, गोलभेँडाको रस पिउनु, सस वा त्यस्तै चिज मिलाएर तयार पारिएको ओइस्टर खानु – आदि।

रमाइलो कुरा के छ भने यीमध्ये कुनै पनि उपायले धेरै रक्सी पिएर तपाईँले भोगिरहनु भएको ह्याङओभर समस्याको समाधान गर्ने निश्चित छैन। निश्चित समयपछि यो समस्या आफै हराउँछ। त्यस अर्थमा समयसँगै ह्याङओभर हटेर जान्छ।

यसको मुख्य कारण के हो भने आजको दिनसम्म ह्याङओभर किन हुन्छ भन्ने स्पष्ट थाहा भइसकेको छैन।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट