काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले संसद बैठक अवरुद्ध भएकोमा आपत्ति जनाएका छन् । नेकपा एमालेले पटकपटक गरेको संसद अवरोधलाई लिएर उनले आपत्ति जनाएका हुन् ।
बिहीबार प्रतिनिधिसभा बैठकपछि संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले एमालेका कारण संसद बैठकमा प्रवेश गर्नै घिन लाग्ने बताए । एमालेले गरेको अवरोधका कारण आफूले बजेट बिधेयकसम्बन्धी कुराहरु सरकारलाई भन्न नपाएको गुनासो गरे ।
‘एमालेले गरेको अवरोधका कारण मलाइ संसद बैठकमा छिर्नै घीन लाग्छ, अवरोधका बीचमा गएर मलाई लागेको कुराहरु राख्न मन लाग्दैन त्यसैले बैठकमा कुरा राख्न नपाएर म टुलुटुलु हेरेर बस्न बाध्य भएको छु ।’ उनले भने ।
त्यस्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा र अहिले पनि संसदलाई देख्न नरुचाएको बताए ।