नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई व्यंग गर्दै बिकाउ मालको संज्ञा दिएका छन् ।
बिहीबार आयोजना गरिएको एक कार्यक्रममा बोल्दै ओलीले यस्तो संज्ञा दिएका हुन् ।
पार्टीमा राख्न मान्छे नपाएको भन्दै उनले भने, ‘माधव नेपालको पार्टी पदाधिकारी पार्टी हो । माधवले अझै पनि बिकाउ माल खोज्दै हिंडीराखेका छन् ।’
उनले आफूहरुले आन्दोलनलाई एकता गर्न चाहेको तर माधव नेपालले विभाजन गर्न खोजेको आरोपसमेत लगाए ।