sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

असोज ११ देखि लामो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय

असोज ११ देखि लामो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय

images

सुत्र न्यूज

७ आश्विन २०७८
  • 242
    SHARES
  • images

    काठमाडौं- काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूका लागि असोज ११ गतेदेखि लामो दूरीमा चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरीमा चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

    images

    सडक मर्मत सम्भारको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँगको छलफलपछि उचित निर्णय लिने सहमति भए पनि अग्रिम टिकट बुकिङ खोल्न तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

    महासचिव सिटौलाले भने, ‘विभिन्न ठाउँमा विभिन्न ढंगबाट छलफल भएका छन्, विजयादशमी, दीपावली, छठलगायत यी महत्वपूर्ण पर्व अग्रिम टिकटको व्यवस्था एक महिना, १५ दिन पहिला गर्ने परम्परा थियो ।’ उक्त क्रम कोभिड र वर्षाका कारण सडक बिग्रिएकाले रोकिएको उनले बताए ।

    महासंघका महासचिव सिटौलाले नागरिक सहायता कक्षहरू राजधानीका बसपार्कलगायत सातै प्रदेश र सबै जिल्लामा राख्न छलफल भएको जानकारी दिए । उनले अनलाइन प्रविधिमार्फत बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्था सुरु गरेका यातायात कम्पनीबाट सहजै बुकिङ गर्न सकिने जानकारी दिए ।  


    प्रकाशित :आश्विन ७, २०७८ बिहिवार - १८:२८:३९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.