बालिकामाथि सामूहिक बलात्कारको आरोपमा २६ जना पक्राउ-Sutra News

बालिकामाथि सामूहिक बलात्कारको आरोपमा २६ जना पक्राउ

बिहिबार, ७ असोज २०७८

बिहिबार, ७ असोज २०७८

काठमाडौं- भारतको महाराष्ट्रमा एक बालिकामाथि सामूहिक बलात्कारको आरोपमा २६ जना पक्राउ परेका छन् ।



महाराष्ट्रको डोंबिबलीकी १५ वर्षीया किशोरीले आफूमाथि आठ-नौ महिनासम्म जबर्जस्ती करणी भएको बताएकी छन् । प्रहरीमा उजुरीका क्रममा आरोपीहरू आफ्नै साथी भएको उनले बताइन् ।

बालिकाले २९ जनाविरुद्ध उजुरी दर्ता गराएकी छन् । तीमध्ये २६ जना मात्र पक्राउ परेका छन् भने बाँकी तीन जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये दुई जना नाबालिग रहेका छन् ।

पीडित बालिकाका अनुसार उनका केटा साथीले अश्लील भिडियो बनाएकाले उक्त भिडियोका कारण केटा साथीका साथीहरूले क्ल्याकमेल गर्दै बलात्कार गर्ने गरेका हुन् ।

यस घटनाको छानविन महिला अधिकारीले नै गर्ने तय गरिएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ । सांकेतिक तस्बिर । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट