काठमाडौं- शतप्रतिशत जित निकाल्दै नापोली इटालियन सिरि ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार रातिको खेलमा नापोलीले साम्पडोरियालाई ४-० गोल अन्तरले पराजित गरेकाे हाे ।
नापोलीको जितमा भिक्टोर ओसिम्हेमले १० र ५३ मिनेट तथा फाबियन रुइजले ३९ र पिओर्ट जिएलिन्सिले ५९ मिनेटमा गोल गरे ।
जितसँगै नापोलीले पाँच खेलबाट १५ अंक बनाउदै शीर्ष स्थानमा छ । पराजित साम्पडोरिया पाँच खेलबाट पाँच अंक सहित १३औँ स्थानमा छ ।
बिहीबार राति नै भएको सिरि ‘ए’को अन्य खेलमा लाजियो र टोरिनोले १-१ को बराबरी खेले । १० खेलाडीमा सीमित रोमाले उडिनेशलाई १-० गोल अन्तरले पराजित गरेकाे छ । रोमाको जितमा टमि अब्राहमले खेलको ३६ मिनेटमा निर्णायक गोल गरे । जितसँगै रोमा पाँच खेलबाट १२ अंकसहित चौथो स्थानमा छ ।