काठमाडौं- इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) मा कोलकता नाइटराइडर्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।
बिहिबार रातिको खेलमा कोलकताले मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको हो ।
मुम्बईले दिएको १५६ रनको लक्ष्य कोलकताले १५.१ ओभरमा पूरा गरेको थियो । कोलकताकाे जितमा राहुल त्रिपाठीले ७४ तथा बैंकटेश अय्यरले ५३ रनको विस्फोटक पारि खेलका थिए ।
यसअघि मुम्बइले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १५५ रन बनाएको थियो ।
मुम्बईका लागि क्विन्टन डि ककले ५५ रनको अर्धशतकीय पारि खेले । कोलकता प्रसिद्ध कृष्ण र लकि फर्गुसनले २/२ विकेट लिए ।
यो जितसँगै कोलकता तालिकाको चौथो स्थानमा पुगेको छ भने मुम्बई छैटौं स्थानमा झरेको छ । जितपछि कोलकताले प्लेअफ पुग्ने सम्भावना जिवितै राखेको छ ।