प्रदेश १ ले माग्यो २५ स्टाफ नर्स, ५० प्रतिशत जोखिम भत्ताको सुविधा पनि-Sutra News

प्रदेश १ ले माग्यो २५ स्टाफ नर्स, ५० प्रतिशत जोखिम भत्ताको सुविधा पनि

शुक्रबार, ८ असोज २०७८

शुक्रबार, ८ असोज २०७८

काठमाडौं- प्रदेश १ सरकारले कोभिड-१९ नियन्त्रणका लागि २५ जना स्टाफ नर्स भर्ना गर्ने भएको छ ।



सामाजिक विकास मन्त्रालयले एक सूचना जारी गरी कोसी अस्पताल र कोभिड-१९ उपचार केन्द्रका लागि करार सेवामा स्टाफ नर्स पाँचौ तहमा भर्ना आह्वान गरेको हो ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका उम्मेदवारले १४ असोजभित्र दरखास्त दिन सक्नेछन् ।

करार सेवा भर्ना हुने कर्मचारीले तलबस्केलसहित ५० प्रतिशत जोखिम भत्ता लगायतका सुविधा प्राप्त गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट