काठमाडौं- वन्यजन्तु ओसारपसार मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके राप्ती सोनारी गाउँपालिका-९ का ४४ वर्षीय मनिराम थारू र ४३ वर्षीय धनिराम थारू छन् । उनीहरूलाई बाँके जिल्ला अदालतको ३ असार २०७३ को फैसलाले ११ महिना १० दिन कैद सजाय तोकिएको थियो ।
फरार रहेका उनीहरूलाई बिहीबार पक्राउ गरी जिल्ला अदालत बुझाइएकोमा कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।