गायिका इन्दिरा जोशीले कोसँग गरिन् इन्गेजमेन्ट ?-Sutra News

गायिका इन्दिरा जोशीले कोसँग गरिन् इन्गेजमेन्ट ?

शुक्रबार, ८ असोज २०७८

शुक्रबार, ८ असोज २०७८

काठमाडौं- गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छिन् । गायिका जोशीले खुम्बु पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् ।



इन्दिराले यसअघि आफू प्रेममा रहेको बताए पनि प्रेमीको नाम खुलाएकी थिइनन् । अहिले इन्गेजमेन्ट गरेको कुरा पनि उनी आफैंले भने औपचारिक रूपमा सार्वजिनक गरेकी होइनन् ।

उनीहरूले इन्गेजमेन्ट गरेको भिडिओ क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा राखेपछि वास्तविकता सार्वजनिक भएको हो ।

क्याप्टेन थापाले भिडिओको क्याम्पसनमा लेखेका छन्, ‘दुवै जनालाई उज्वल भविष्यको कामना ’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट