काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अवरोधकाबीच सुरु भएको राष्ट्रियसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक दस मिनेटका लागि स्थगित गरेका हुन् ।
बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उपलब्ध गराउने विधेयक २०७८ टेबल भएको छ।
राष्ट्रियसभामा पेश भएका यी दुवै विधेयक बिहीबार प्रतिनिधिसभामा पारित भएको थियो ।
नेकपा एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक निरन्तर अवरोध गर्दै आएको छ ।