केन्द्रीय कमिटी बैठकको सुरुमै ओलीमाथि खनिए रावल- १० बुँदे सहमति कार्यान्वयनमा असमानता किन ?-Sutra News

केन्द्रीय कमिटी बैठकको सुरुमै ओलीमाथि खनिए रावल- १० बुँदे सहमति कार्यान्वयनमा असमानता किन ?

शुक्रबार, ८ असोज २०७८

शुक्रबार, ८ असोज २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीकै नेताले असमानता गर्न खोजेको आरोप लगाएका छन् । शुक्रबार च्यासलमा बस्न लागेको केन्द्रीय कमिटीको बैठकको सुरुमै उनीमाथि असमानता गर्न खोजेको आरोप लागेको हो ।



नेता भीम रावलले ओलीले असमानताको स्थिति पैदा गर्न लागेको बताएका थिए । ‘एकताको जगलाई कमजोर बनाउँदै असमान स्थिति पार्टीभित्र किन पैदा हुन खोज्दैछ ?’  रावलको प्रश्न थियो ।

त्यस्तै  भीम रावल निकटका नेता झपट रावलले पनि १०बुँदे सहमति कार्यान्वयन नगरेर अध्यक्ष केपी ओलीले पार्टीभित्र असमानताको स्थिति पैदा गरेको आरोप लगाए ।

आजको केन्द्रीय कमिटीको बैठकमा आसन्न विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

बैठकमा असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने भएको छ ।

यस्तै बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल हुने जनाइएको छ। बैठक दुई दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट