काठमाडौँ । क्यान्टोनमेन्टमा भएको भनिएको भ्रष्टाचारको विषयमा छानबीन हुने भएको छ ।
पूर्व बाल लडाकुका अध्यक्ष लेनिन बिष्टले प्रमाण जुटाएर कानुनी प्रक्रिया सुरु गर्ने घोषणा गरेका हुन् । यो सँगै जनमुक्ति सेनाकाको प्रतिष्ठानका नाममा समेत रकम दुरुपयोग भएको सुन्नमा आएको भन्दै बिष्टले त्यसको पनि खोजबिन अगाडि बढाउने जानकारी दिएका छन् ।
तत्कालीन सरकार र माओवादी बिद्रोहीबिच भएको सम्झौता बमोजिम तत्कालीन माओवादीका लडाकुहरुलाई सात मुख्य र २८ सहायक शिविरमा राखिएको थियो ।
माओवादी लडाकुहरुलाई शिविरमा राख्दा राज्यले प्रदान गरेको भरणपोषण र तलब भत्ताको रकममा तत्कालीन माओवादी नेता र कमान्डरहरुले अनियमितता गरेको आरोप लाग्दै आएको छ ।