कांग्रेस पूर्वमन्त्री आलमको मुद्दा ‘हेर्न नमिल्ने’मा-Sutra News

कांग्रेस पूर्वमन्त्री आलमको मुद्दा ‘हेर्न नमिल्ने’मा

शुक्रबार, ८ असोज २०७८

शुक्रबार, ८ असोज २०७८

काठमाडौँ । पूर्वमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता` मोहम्मद आफताव आलमले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिएको रिट सर्वोच्च अदालतले हेर्न नमिल्नेमा राखेको छ ।



ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका आलमलाई तल्लो अदालतले थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने आदेश दिएकोमा आलमले धरौटीमा रिहा हुन माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

उनको रिट निवेदनमा यसअघि पनि पटक पटक पेसी तोकिएको थियो तर सर्वोच्च अदालतले हालसम्म सुनुवाइ गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट