sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

नारायणहिटीको श्रीपेच चोर्न खोज्ने २५ वर्षीय युवक प्रक्राउ, मानसिक अवस्था ठिक नभएको आशंका

नारायणहिटीको श्रीपेच चोर्न खोज्ने २५ वर्षीय युवक प्रक्राउ, मानसिक अवस्था ठिक नभएको आशंका

images

सूत्र न्यूज

८ आश्विन २०७८
  • 254
    SHARES
  • नारायणहिटीको श्रीपेच चोर्न खोज्ने २५ वर्षीय युवक प्रक्राउ, मानसिक अवस्था ठिक नभएको आशंका
    images

    काठमाडौँ । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्न प्रयास गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्ती रहेका छन् ।

    images

    उनले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेको प्रहरीको भनाई छ ।

    नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार उनले श्रीपेच लगायो भने राजा भइन्छ भन्ने हिसाबले श्रीपेच चोर्न लागेका थिए ।

    श्रीपेच राखिएको सिसा फुटाउन खोज्ने क्रममा नेपाली सेनाले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका वरिष्ठ उपरीक्षक अशोक सिंहले घर्तीलाई लिएर थप अनुसन्धान भइरहेको बताए । अहिले उनलाई प्रहरी वृत दरबारमार्गमा राखेर थप अनुसन्धान भइरहेको छ ।

     


    प्रकाशित :आश्विन ८, २०७८ शुक्रवार - १५:०१:३६

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.