यी हुन् कहिल्यै राख्न नहुने १५ झुर पासवर्ड, कतै तपाइँको त परेन ?-Sutra News

यी हुन् कहिल्यै राख्न नहुने १५ झुर पासवर्ड, कतै तपाइँको त परेन ?

शुक्रबार, ८ असोज २०७८

शुक्रबार, ८ असोज २०७८

सूचना प्रविधिकाे व्यापक विकास र विस्तारसँगै मानिसहरुले थुप्रै किसिमका अनलाइन अकाउन्ट खाेलेका छन् । तर एक अनुसन्धानले मानिसहरू अझै पनि पुरानै शैलीकाे पासवर्ड प्रयाेग गरिरहेकाे देखाएकाे छ ।



पासवर्ड सफ्टवेयर म्यानेजर नाेेर्डपासले गरेकाे एक अध्ययनमा वर्ष २०२० मा सबैभन्दा बढी प्रयाेग भएकाे पासवर्डकाे सूची सार्वजनिक गरेकाे छ । यसअन्तर्गत २७ कराेड ५७ लाख पासर्वडमध्ये सबै भन्दा बढी १२३४५६ पासवर्ड प्रयाेग भएकाे नाेर्डपासले जानकारी दिएकाे छ ।

कम्पनीका अनुसार यो पासवर्ड २५ लाख मानिसले प्रयाेग गर्ने गरेका छन् । उसले यो पासवर्ड २ कराेड ३५ लाख पटक ब्रिच भएको समेत जनाएकाे छ ।

मानिसहरू अझै पनी इन्टरनेट पासवर्डको सबैभन्दा आधारभूत र कमजाेर पासवर्ड प्रयोग गरीरहेको छ जुन सजिलै क्र्याक गर्न सकिन्छ । सुरक्षाका लागि यस्ता पासवर्ड निकै खराब हुन् ।

नाेर्डपासका अनुसार नम्बरहरू क्रमअनुसार राखेर बनाइएका पासवर्ड एक सेकेन्डमै क्रयाक गर्न सकिन्छ । मानिसहरू आफ्नो तत्कालको सुविधाका लागि सरल र सजिलै सम्झन पासवर्ड प्रयोग गर्छन् ।

अझै पनि शब्द, संख्या, नाम आदि राखेर पासवर्ड सिर्जना गर्ने अभ्यास छ । सुरक्षाका हिसाबले यस्ता पासवर्ड प्रतिकूल हुने विज्ञहरू बताउँछन् ।

123456

123456789

picture1

password

12345678

111111

123123

12345

1234567890

senha

1234567

qwerty

abc123

Million2

000000

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट