तेह्रथुम- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तेह्रथुममा ६ वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएकाे छ । कांग्रेसले यसअघि ४३ वटै वडामा पनि सर्वसम्मत नेतृत्व चयन गरेकाे थियाे । शनिबारका लागि नगर/गाउँ अधिवेशन तय भए पनि तेह्रथुममा सहमति जुटिसकेकाे हाे ।
छथर गाउँपलिका रामचन्द्र भट्टराई, लालिगुराँस नगरपालिका अमर गुरुङ, म्याङलुङ नगरपालिका इन्द्रराज तुम्बाहाम्फे,मेन्छ्यायेम गाउँपालिका तारकबहादुर सम्बाहाम्फे, फेदाप गाउँपालिकामा महेन्द्र फोम्बो र आठराई गाउँपालिकामा दिल कुमार पाहिम सभापति चुनिएकाे जिल्ला सचिव सन्तोष सुब्बाले बताए । अन्य पदमा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन भएकाे छ ।
प्रदेश र जिल्लाका लागि पनि सहमतिकाे प्रयास भइरहेकाे जिल्ला सभापति गोविन्द ढुङ्गानाले जानकारी दिए ।